लण्डनको तीन एयरपोर्टमा बम भेटियो, सुरक्षा व्यवस्था कडा



लण्डन । लण्डनमा आतंकवादी हमलाको आशंकामा अधिकारीहरुले सुरक्षा व्यवस्था गरेका छन् । बेलायतको हिथ्रो एयरपोर्ट, वाटरलु स्टेशन र सिटी एयरपोर्टमा बम फेलासँगै सुरक्षा व्यवस्था कडा गरिएको प्रहरीले जानकारी दिएका छन् ।

विशेष सूचनाका आधारमा पुलिसले जाँच गर्दा उक्त तीनवटै एयरपोर्टमा सानो सानो झोलामा केही विस्फोटक पदार्थ भेटिएको थियो । पुलिसको अनुसार, हिथो एयरपोर्टमा जाँच गर्दा एक उपकरण भेटिएको थियो र उक्त उपकरण खोल्ने बित्तिकै विस्फोट भएको थियो । यद्दपि यो घटनामा कुनै हाताहात नभएको प्रहरीले बताएका छन् ।

यसैगरी दोस्रो झोला सिटी एयरपोर्टमा भेटिएको थियो भने तेस्रो झोला वाटरलु स्टेशनमा भेटिएको थियो । यस घटनाबारे अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्