अर्जुन र मलाइका विवाह गर्दै !



बलिउड नायक–नायिका अर्जुन कपुर र मलाइका अरोराको प्रेम सम्बन्ध केही समयदेखि चर्चाको विषय बनेको छ।
उनीहरूको प्रेम सम्बन्धका बारेमा धेरै चर्चा र समाचार आए पनि उनीहरूले भने आधिकारिकरूपमा यसबारे मुख खोलेका छैनन्। तर बलिउडको खबरअनुसार उनीहरू अब छिट्टै विवाह बन्धनमा बाँधिँदै छन्।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार उनीहरू आगामी अप्रिलमा विवाह गर्दै छन्। क्रिस्चियन परम्पराअनुसार गरिने यो विवाह गोप्य रहने भनिएको छ। जसमा परिवारका सदस्य र केही नजिकका आफन्त मात्र सामेल हुनेछन्। केही दिनअघि एक अन्तर्वार्तामा मलाइकाले आफँलाई अर्जुन कपुर हरेक कोणबाट परफेक्ट लाग्ने बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्