भारतको आक्रमणबाट ३०० पाकिस्तानी आतंककारी मारिएको खुलासा



नयाँदिल्ली । भारतीय वायुसेनाका फाइटर विमानको आक्रमणबाट पाकिस्तान अधिनस्थ कास्मिरमा आतंककारीको अखडा ध्वस्त भएको र करिब ३०० जना आतंककारी मारिएको खुलासा भएको छ ।

भारतको मिराज फाइटर जेटले पाकिस्तान अधिनस्थ क्षेत्रमा मंगलबार बिहान आक्रमण गरी ठूलो आतंकवादी शिविर नष्ट गरेको हो ।

भारतीय वायुसेनाको फाइटर जेटले बिहान मंगलबार बिहान ३ः३० बजे सिमारेखा पार गरेको थियो । मिराज २००० सहितका लडाकु विमानहरू पाकिस्तान अधिनस्थ क्षेत्रमा प्रवेश गरी आतंककारी शिवरमा १००० किलो बम खसालेका थिए ।

भारतीय वायु सेनाले खसालेको बम पड्किदा पाकिस्तानमा रहेको आतंककारी समूह जैश–ए–मोहम्मदको अखडा ध्वस्त भएको र करिब ३०० जना आतंककारी मारिएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्