पाकिस्तानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक



काठमाडौं । भारतले पाकिस्तानको सीमा पार गरेर आक्रमण गरेसँगै पाकिस्तानमा मन्त्रिपरिषद्को बैठक बसेको छ ।

केहिबेरअघि बसेको मन्त्रीपरिषद् बैठकले पाकिस्तानको सीमा पार गरेर भारतले गरेको आक्रमणको बारेमा छलफल हुनेछ । अहिले पाकिस्तानी सरकारले के निर्णय गर्ला भन्ने विषयमा सबको चासो दिएका छन् ।

यसअघि पाकिस्तानका विदेशमन्त्री खवाज महोम्मद असिफले भारतले यो आक्रमणका ठु्लो मूल्य चुकाउनुपर्ने अभिव्यक्ति दिइसकेका छन् । आक्रमणबाट ३ सय भन्दा बढी मारिएको भारतीय मिडियाले दावी गरिरहेका छन् भने पाकिस्तानी सेनाका प्रमुख आशिफ जाफुरले भने आक्रमणबाट मानवीय क्षति नभएको पुष्टि गरेका छन् ।

भारतमा पनि मन्त्रीपरिषद्का वैठक पनि बसिरहेको छ । भारतको मन्त्रीपरिषद्को निर्णयको पनि एकदमै प्रतिक्षारत छ ।

प्रतिक्रिया दिनुहोस्