पाकिस्तान आक्रमणः २२ मिनेटसम्म चल्यो बमबारी



काठमाडौं । भारतीय वायुसेनाले मंगलबार सीमा पार गरेरै पाकिस्तानी भूमिमा आक्रमण गर्यो । १२ वटा भारतीय वायुसेनाको विमानले गरेको बम आक्रमणमा १ हजार किलो बम खसालेको थियो । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार आक्रमण  २२ मिनेटसम्म लगातार गरिएको थियो ।

भारतले आक्रमण गरेको केहि समयपछि पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफूलले बम बिस्फोटको फोटो ट्वीट गरेका छन् । फोटोमा भारतीय बमको सेल देखिएको छ । आक्रमणमा २ सय ५० देखि ३ सय आतंकाकारीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमको दाबी छ । तर पाकिस्तानका सेना प्रमुखले भने आक्रमणबाट मानवीय क्षति नभएको ट्वीट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्