भारतले बम खसालेपछि पाकिस्तानले सार्वजनिक गर्याे ५ तस्बिर



काठमाडौं । मंगलबार विहान भारतीय वायुसेनाको नियन्त्रण रेखा (एलओसी) पार गरेर आतंककारीको क्याम्प ध्वस्त पारेको छ ।

भारतीय समाचार एजेन्सी एएनआइका अनुसार भारतीय वायुसेनाले आतंककारीको क्याम्पमा १ हजार किलोको बम खसालेको छ । जसकारण आतंककारीको क्याप पूर्णरुपमा ध्वस्त भएको छ । १२ वटा मिराज विमानले यो काम सम्मन्न गरेको भारतीय वायुसेनाले जनाएको समाचारमा उल्लेख छ ।

भारतले आक्रमण गरेको केहि समयपछि पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफूलले बम बिस्फोटको फोटो ट्वीट गरेका छन् । फोटोमा भारतीय बमको सेल देखिएको छ । आक्रमणमा २ सय ५० देखि ३ सय आतंकाकारीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमको दाबी छ । तर पाकिस्तानका सेना प्रमुखले भने आक्रमणबाट मानवीय क्षति नभएको ट्वीट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्