माला मोह



माला भनेसी मरिहत्ते गर्ने नेताको लर्को बाक्लै भएको मुलुकमा मालाबाट तर्किनेहरु पनि निकै छन् । मालासँग तर्किने नि कोही हुन्छ र, भन्ने जिज्ञासा बहुसंख्यक पाठकवृन्द हो । धेरैलाई लाग्ला हिन्दु धर्मावालम्बी बाहेक अन्यले माला र टिका नै लाउँदैनन्, त्यसैले तर्किया होला ।

तिहार अनि अन्य विशेष जमघटमा आफ्नै सरोदर चेलीबेटीले माला लगाइदिदा सहर्स स्वीकार्ने जमात अलि परको गोरुबेचे साइनो जोडिएका चेलीबेटीसँग सँधै तर्किएर हिड्न रुचाउँछ । ‘भाइटिका नै लाइदिएपछि कुरो खत्तम भएन त’ भन्ने उनीहरुको तर्क जो छ । राजनीति होस या जुन सुकै पेशा व्यवसाय अंगाल्ने अनि सँधै जागिर खोज्दैछु भन्ने जागिरमै दौडिनेहरु यो लाइनका कति छन् कति ।

तर अधवैशे उमेर नाघेपछि त्यो चुरिफुरी ह्वात्तै घट्छ भन्या । फेरी अधवैसे उमेर नाघेका हाम्रा नेताजीहरु भने झन् माला भनेसी मरिहत्तै गर्छन् भन्या ।

घरकीलाई बिर्सिएर खास कार्यकर्ताले टक्¥याउने धेरै केजीको मालातफै उनको ध्यान चित्त हुन्छ । जुन जोगी आएपनि कानै चिरेका भनेझैं जुन पार्टीका नेता मन्त्री भएनी माला मोह ह्वात्तै बढ्या छ ।

केन्द्रमा त कुरो उस्तै हो, जिल्लातिर माला मोह अचाक्ली बढ्या छ । काम गरेर धेरै केजीको माला ओढ्या भएनी हुने नि, लाजै पचाउँछन् भन्या । यस्तो दृश्य देख्दा देख्दा वाक्क भएकाहरुको अनुहार पढेपछि धरहराले नयाँ उखान जुराएको छ–‘काम कुरो एकातिर लाजै नमानी माला ओड्न जिल्लातिर ।’

प्रतिक्रिया दिनुहोस्