आफू अर्बौंका सुविधा लिने अनि मजदुरको झोला खोस्ने?



– रेखा थापा
दुबई, कतार, मलेसियालगायत देशमा हाम्रा दाजुभाइ पसिना बगाइरहेका आप्mनै आ“खाले देखेको छु। ती श्रम क्याम्पमा बस्दा हुने अनुभूति नजिकबाट सुनेकी छु।

जब वर्षौंपछि घर फर्किने सुखद दिन आउ“छ, आफन्त र घरपरिवारका लागि खुसीको ससाना उपहार लिएर फर्कन चाहनु स्वाभाविक हो। दुइटा फोन, एउटा टिभी वा त्यस्तै अरू सामान। निर्धा जनताले मिटर ब्याज तिरेर पराइदेश जान परेकोमा दया नभएको सरकार उनीहरूको कमाइले किनेको नासो देखेर यत्ति जलेको होला? तिनै युवाको पसिनाको रेमिट्यान्सबाट चलेको देशमा उनीहरूको आगमनमा लुट मच्चाउन किन परेको छ?

सक्नेले र हुनेले क्विन्टल सुन छिराउने एयरपोर्टको कहानी जनताले थाहा पाएका छन्। यिनै मजदुर बेची खाने ब्रोकर, तिनैको पैसा माग्ने समाजसेवा, तिनैको नाममा राजनीति, अनि उनीहरूको कमाइको नासो किन खोस्दै छ सरकार?

के परिवारका लागि चिनो ल्याउनु अपराध हो? मेरो विचारमा यो श्रमिकमाथि शोषण र अत्याचार हो। जाने बेला रु“दै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदमविरुद्धको आवाज उठाउनुपर्छ। हाम्रा श्रमिक दाजुभाइ यो देशका गौरव हुन् र उनीहरूको अपमान गर्ने अधिकार कसैलाई छैन। यो बन्द गरिएन भने म एक्लो किन नहोस् एयरपोर्ट अगाडि विरोध गर्न जान तयार छु।
आफू अर्बांैका सुविधा लिने, कर र भाडा तिर्नुनपर्ने, राज्य कोष खाएर बस्ने अनि मजदुरको झोला खोस्ने?

प्रतिक्रिया दिनुहोस्