एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमामाथि भिडियो स्पर्धा



आगामी चैत १ गते रिलिजमा आउने फिल्म जानी नजानीको सार्वजनिक पहिलो गीत एउटीलाई मुटुमा घर, अर्कीलाई कलेजीमामाथि कभर भिडियो प्रतियोगिता हुने भएको छ।

बिहीबार राजधानीको मैतिदेवीस्थित कान्तिपुर फिल्म एकेडेमीमा पत्रकार भेटघाट आयोजना गर्दै जानी नजानी टिमले कभर भिडियो प्रतियोगिता घोषणा गरेको हो। अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको छ भने अर्जुन पोखरेल र दुर्गा खरेलले गाएका छन्। गीतमा मनिष श्रेष्ठ र सुमी मोक्तानको नृत्य छ। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा मनिष र सुमीका साथ डेब्यु नायिका निरिशा बस्नेत छिन्।

फिल्मकी निर्मात्री तथा अभिनेत्री रोशनी केसीका अनुसार गीतको कभर भिडियो कम्तीमा एक मिनेट र बढीमा ४ मिनेटसम्मको हुनुपर्नेछ। ‘उत्कृष्ट कभर भिडियो विजेताले ३२ इन्चको स्मार्ट टिभी, दोस्रो हुनेले फाइभ पोइन्ट वनको साउन्ड सिस्टम, तेस्रो हुने २ जनाले कार्टुन क्र्युस“ग ३ महिना नृत्य प्रशिक्षण र चौथो हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने छन्’, निर्देशक वसन्त अधिकारीले भने– ‘भिडियो २० फागुनभित्र पठाइसक्नुपर्नेछ।’

फिल्ममा मनिष र निरिशास“गै सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीलगायतले अभिनय गरेका छन्। आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका छन्।

 

प्रतिक्रिया दिनुहोस्