दोहोरी ब्याटलले नचायो लमजुङलाई



लमजुङ, (नेस)। गायक प्रकाश सपुत र गायिका कृष्णा गुरुङले प्रथम भोटेओडार महोत्सवमा लमजुङेलाई छमछमी नचाएका छन्। लमजुङको सुन्दरबजार नगरपालिका–८, डीडीसी खेल मैदानमा सञ्चालित उनीहरूले आफ्नो गीत गाएर दर्शक नचाएका हुन्।

गायक प्रकाश सपुतले तोरी भएछ, माया भुल्न, रेलीमईजस्ता गीत गाउ“दा दर्शक रौसिएर नाचेका थिए। दर्शक उनको वरपर गएर झुम्मिएका थिए। उनले गीत गाउ“दा दर्शकले नाच्ने र ताली बजाउने गरी उनलाई साथ दिएका थिए। उनले आफ्नो चर्चित गीत बोल माया, चरर बररर गाउ“दा दर्शकदीर्घामा सन्नाटा छाएको थियो। भावुक बनेका दर्शकका गायक सपुतले केटाहरू नबन सोझो, फुच्ची केटीहरूले निहु“ खोजे दोहोरी ब्याटल गाउन थालेपछि उफ्रीउफ्री नाचेका थिए। गायिका कृष्णा गुरुङले एक एक जोडे दुई हुन्छ, मन परेको मान्छेको, एकादशी बजारमा, जाम भन्यो लाउरेलेलगायतका गीत गाउ“दा दर्शक नाचेका थिए।

महोत्सवमा गायिका बाला दुरा, सुनिता अधिकारीलगायतले पनि आ–आफ्नो प्रस्तुतिले दर्शकको ध्यानाकर्षण गरेका थिए। लमजुङ, गोरखा, तनह“ु, कास्कीलगायतका ठाउ“बाट दर्शकहरू ओइरिएको महोत्सव मूल समारोह समतिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाइका अध्यक्ष सुरजकुमार श्रेष्ठले जानकारी गराए। उनका अनुसार स्थानीय पर्यटन र भोटेओडारको पहिचानका लागि महोत्सव सञ्चालन गरिएको हो। माघ १८ गतेबाट सुरू भएका महोत्सव माघ २७ गतेसम्म चल्नेछ।

 

प्रतिक्रिया दिनुहोस्