अविरल यात्रामा ज्ञानु राणा

0
Shares

मिस नेपाल प्रतियोगितापछि २ वर्षदेखि विशेष सांगीतिक यात्रास्वरूप अविरल यात्राको नाममा सांगीतिक कार्यक्रम गर्दै आएको द हिडेन ट्रेजरले यस वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

स्वर, संगीत वा गायनमार्फत नेपाली संगीतमा अटुट योगदान पु¥याएर इतिहास बनिसकेका स्रस्टालाई सम्मान गर्ने र संस्कृतिको जगेर्ना गर्दै उनीहरूको सिर्जनासँग नयाँ पुस्तालाई जोड्ने उद्देश्यले शुरू गरिएको भनिएको अविरल यात्राअन्तर्गत लोक तथा आधुनिक गायनमार्फत नेपाली स्वराकाशलाई समृद्ध बनाउन योगदान पु¥याएकी ज्ञानु राणालाई प्रस्तुत गरिने भएको छ।

नगद १ लाख रुपियाँसहित सम्मानको शृंखलासमेत शुरू गर्दै आयोजना गरिने कार्यक्रममा राजु सिंह संगीत संयोजक तथा परिचालक रहनेछन्। तेस्रो संस्करणको यो कार्यक्रममा ज्ञानु राणाका कालजयी गीतहरूलाई मीना निरौला, विकासजंग राणा, महेन्द्र श्रेष्ठ, सरिता शाही, सुरजकुमार थापा, प्राश्ना शाक्य र स्वयम राणाले प्रत्यक्षरूपमा सुनाउनेछन्। नेपाल प्रज्ञा प्रतिष्ठनको प्रेक्षालयमा आगामी माघ २२ विशेष अर्केस्ट्रासहित आयोजना हुने कार्यक्रमलाई नेपाल टेलिभिजनले लाइभ प्रसारणसमेत गर्नेछ।

कार्यक्रममा सिरीमा सिरी नि, च्याङ्बा होइ च्याङ्बा, करोडौं मुटुहरूको, मान्छेको माया यहाँ खोलाको पानी जस्तो, कसैले बुझेनलगायत राणाका १५ सदाबहार गीत प्रस्तुत हुनेछन्।

‘यो यात्राको विशेषता संगीत प्रस्तुति मात्र होइन, स्रस्टाको गीति इतिहासलाई पुस्तकरूपमा सुरक्षित गरेर उहाँहरूको जीवनलाई अभिनन्दन गर्नु पनि हो। अशोक सिलवालले कण्ठमा कृष्ण ९स्वर० शीर्षकमा ज्ञानु राणाको जीवनचित्र कोरेका छन्। अविरल यात्राको भव्य कार्यक्रममा हामी सो पुस्तक सार्वजनिक गर्दै उपहार पनि गर्नेर्छौं’ –राजधानीमा आयोजित कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले भने।