अबैध समान सहित ट्रक नियन्त्रणमा

0
Shares

पर्सा, पकाहामैनपुर गाउँपालिका-३ स्थित सडकमा जाँचको क्रममा ना.४ ख १२२ नम्बरको ट्रकबाट करिब १३ लाख ७५ हजार रूपैयाँ बराबरको अवैध मटर केराउ ५ सय बोरा सहित ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका-१ सरिखेत पलासे बस्ने २५ वर्षीय बिनोद रुम्बालाई ट्रक सहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

भंसार छली चोरी निकासी गरी लुकाई छिपाई भारततर्फ लैजादै गरेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अबैध केराउ बरामद गरी ट्रक सहित चालक रूम्बालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि वीरगंज भंसार कार्यालय बुझाइएको छ ।

यसैगरी पर्सा वीरगंज महानगरपालिका-२ स्थितबाट सोही ठाउँ बस्ने ५५ वर्षीय मंजुर अंसारीले टाँगामा लोड गरी भारत तर्फ लैजादै गरेको ७५ किलो अबैध मरिच फेला पारी उनलाई जिल्ला प्रहरी कार्यालय वीरगंजको प्रहरीले बिहीबार दिउसो पक्राउ गरी आवश्यक कारवाहीको लागि वीरगंज भंसार कार्यालय बुझाएको छ ।

यस्तै वीरगंज महानगरपालिका-८ स्थित शक्तिमान बेकरी एण्ड फुड ईन्डष्ट्रिजबाट भंसार छली चोरी पैठारी गरी लुकाई छिपाई राखिएको अवस्थामा ४५ बोरा मैदा र १० कार्टुन डाल्डा बुधबार बेलुका प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय वीरगंजबाट खटिएको प्रहरी टोलीले उक्त समान आवश्यक कारवाहीको लागि वीरगंज भंसार कार्यालय बुझाएको छ ।

Skip This