गिटी अभावले पुल निर्माण ठप्प

0
Shares

इन्द्र गिरी, संखुवासभा
संखुवासभा जिल्लामा गिटीको चरम अभाव सिर्जना भएको छ । गिटीको अभाव भएपछि विकास निर्माणकाकाम ठप्प भएका छन । जिल्लामा सञ्चालीत दुई क्रसर नियम विपरित सञ्चालन भएको भन्दै जिल्लाबनले बन्द गरेपछि गिटीको चरम अभाव सिर्जना भएको हो ।

जिल्लाको सभाखोला बगरमा विगत वर्ष देखि सञ्चालन हुदै आएका दुई क्रसर जिल्लावन कार्यालयबाट ४ महिना अगाडी अवैधानि ढंगले सञ्चालन गरेको भन्दै वन्द गराएको थियो । ति क्रसर बन्द भएपछि जिल्लामा सडक, पुल लगायत भवन निर्माणका काम ठप्प रहेका छन । गिटीको अभावले विकास निर्माण ठप्प भएपछि क्रसर उधोग सञ्चालनमा राजनैतिक दल, सरकारी तथा ग्रैह्र सरकारी सघ सस्थाबाट चाडो निकास खोज्नु पर्नै नेकपाका नेता खड्ग राईको भनाई छ ।

अहिले संखुवासभा जिल्लामा स्थानिय निकाय, प्रदेश, सघं र राष्टिय गौरवका आयोजना गिटीको चरम अभावका कारण नराम्ररी प्रभावित भएका छन । जिल्लाकै पाङमा खोला सडक पुल निर्माण जिम्मा पाएको कुन्सालिन, अरुण वरुण जेभिका ठेकेदार सन्तोस राईले पुलकालागी सिमेन्ट, रड, वालुवा लगायत मजदुर तयारी गरेपनि गिटीको अभावमा पुल निर्माण गर्न नसकेको बताउनु भयो ।

उहाले पुल निर्माणकालागी एका तिर खाल्डो खनि सकेको र अर्को तर्फ पिलर २ मिटर उचाई सम्म दुखले काम गरेको छु । अहिले सवै पुल निर्माणकालागी सामाग्री भए पनि गिटीकै कारण सम्पुर्ण काम ठप्प भएको बताउनु भयो ।
उहाले पुर्वाधार विकास कार्यक्रम अन्तरगत आफुले २ करोड ५५ लाखमा एक वर्ष भित्र सडक पुल निर्माण गर्ने गरि सम्झौता गरे पनि समय अवधिमा काम सम्पन्न गर्न नसकिने बताउनु भयो । अहिले सम्म ६० प्रतिशत काम गरी सक्नु पर्नेमा २० प्रतिशत पनि काम गर्न सकेको छैन । पुल निर्माणकालागीे मजदुरद्धारा गिटि कुटाउदा ज्याला दोब्वर पर्ने र मजदुरले कुटेको गिटीले सडक, पुल निर्माण गर्न नसकिने बताउनु भयो ।

जिल्लामा अहिले स्थानिय निकाय, प्रदेश, सघं र राष्टिय गौरवका आयोजना ५० भन्दा बढि निर्माण कार्य भई रहेको छ । गिटीकै कारण सवै विकास निर्माणका काम ठप्प रहेकाले तत्काल क्रसर सञ्चालन गरि विकास निर्माण प्रभावित पार्न नहुने जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले बताउनु भयो ।

Skip This