महासंघ आन्दोलनमा उत्रने

0
Shares

काठमाडौ (नेस) । नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रीय समितिको बैठक सोमबार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बस्यो ।

बैठकले नेपाल पत्रकार महासंघको घोषित आन्दोलनको कार्यक्रम अनुरुप श्रमजीवी पत्रकारको पुनरावलोकन भएको न्यूनतम पारिश्रमिक कार्यान्वयन, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, सेवा, शर्त, सुविधा लागू गरी पत्रकारको आर्थिक एवं भौतिक सुरक्षाका विषयमा माघ ७ गतेदेखि एक सातासम्म सम्वद्ध सञ्चारमाध्यममका ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रेस स्वतन्त्रता, कानुनी तथा नीतिगत अवस्थाका बारेमा अध्ययन गर्न र प्रेस स्वतन्त्रतामैत्री कानुन निर्माणका लागि दबाब सिर्जना गर्न अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टको नेतृत्वमा सातै प्रदेश समेट्ने गरी नीतिगत मिडिया मिसन सञ्चालन गर्ने निर्णय गरेको छ ।

हरेक वर्ष अनलाइन नवीकरण गर्ने नाममा सूचना तथा प्रशारण विभागले सयौं अनलाइन सञ्चार माध्यमको दर्ता खारेज गर्ने सूचनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । संविधानतः कुनै पनि सञ्चारमाध्यमको दर्ता खारेज नगरिने सुनिश्चित भए पनि अनलाइन खारेज गर्ने प्रक्रिया सुरु गरेकोप्रति गम्भीर आपत्ति प्रकट गर्दै तत्काल यसलाई सच्चयाउन माग गर्दछ । अन्यथा, महासंघ संघर्षमा उत्रने चेतावनी दिएको छ ।

Skip This