ए ठूली नाकैमा फुली


गायक जगदीश समालको नया“ गीत ए ठूली नाकैमा फुली म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। 

इन्द्रदेव सुवेदीको गीत रचना रहेको गीतमा संगीत नारायण सुवेदी ‘आवश’ र उदयराज पौडेलको एरेन्ज रहेको छ। रोमान्टिक फ्लेवरको गीतको भिडियो फर्पिङमा खिचिएको छ।
गीतको म्युजिक भिडियोमा गीतकार इन्द्रदेव सुवेदी र सृष्टि खड्का देखिएका छन्। भिडियो निर्देशन निसान घिमिरेले गरेका छन् भने कोरियोग्राफी सुरेन बस्यालको रहेको छ। म्युजिक भिडियोमा अजय रेग्मीको छायांकन र विकास दाहालको सम्पादन रहेको छ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।