हिजोआज त्यस्ता फिल्म कमै छन्, जसमा रवीन्द्र झा नहोऊन्। आप्mनैखाले अभिनय शैलीका कारण जनकपुरका यी झा लोकप्रिय छन्।
विद्यालय जीवनमै नाटकमा सक्रिय रहँदै आएका उलाई त्यसबेला हास्य अभिनेता सन्तोष पन्तको हिजो आजका कुरा खुबै रुचिको विषय बन्ने गथ्र्यो। उनी त्यो कार्यक्रम हेरेर सन्तोष पन्तको शैलीको अभिनय पनि गर्थे।
उनमा एकपटक भए पनि सन्तोष पन्तसँग काम गर्ने धोको त्यतिबेलैदेखि थियो। त्यो धोको भने बल्ल आएर पँरा भएको छ आगामी पुस २७ गते अल नपाल रिलिज हुन लागेको फिल्म चौका दाउमार्पmत। ‘सन्तोष दाइसँग उहाँको हिजो आजका कुरामा अभिनय गर्न साह्रै रहर थियो। तर त्यो कार्यक्रम बन्द भयो। चौका दाउमा उहाँसँग काम गरेर हिलो आजका कुरामा अभिनय गर्ने धोको मेट्न पाइयो’, हालैको एक भेटमा सञ्चारकर्मीलाई उनले पन्तसँग काम गर्दाको अनुभव सुनाए– ‘उहाँ साह्रै वरिष्ठ कलाकार भएकाले पहिलो दिन काम गर्न साह्रै गाह्रो प¥यो र म निक्कै नर्भस भएँ। तर सन्तोष दाइ यति चाँडै नजिक हुनुभयो कि भोलिपल्टबाटै उहाँसँग काम गर्न सजिलो लाग्न थाल्यो।’
चौका दाउमा सन्तोष पन्तसहित आफँ, तैयब शाह, विल्सन विक्रम राई र अजश्र ढुंगाना पाँचै जना कलाकारले ऊर्वशी बनेकी वर्षा राउतलाई मन पराएर उनको पछि लाग्ने भँमिका निर्वाह गरेको खुलाउँदै रवीन्द्रले भने– ‘वर्षाको ५ पाण्डबको रूपमा हामी छौं। जसमध्ये म युधिष्ठिर जस्तो सोझो छु। सन्तोष दाइ अर्जुनजस्तो चलाख र चतुर बन्नुभएको छ। तैयब दाइ पनि ऊर्वशी भनेपछि सबैकुरा छाडेर उसकै पछि लाग्ने माहिर व्यापारीका रूपमा हुनुहुन्छ। सन्तोष पन्त र तैयब शाहजस्ता वरिष्ठ कलाकारले केटीको पछि लाग्ने अल्लारे भँमिका गर्दा उहाँहरुको अघि त हामी फिक्का पो हुँदो रहेछौं।’
फिल्ममा रवीन्द्रले भँपतिको भँमिका निर्वाह गरेका छन्। उनी यो फिल्ममा जग्गा प्लटिङ गरेर बेच्ने व्यापारीको भँमिकामा छन्। ‘जग्गाको मानमा पृथ्वीमात्र हैन, चन्द्रमा समेत प्लटिङ गरेर बेच्न पछि नपर्ने भनेपछि म कति खतरनाक जग्गा व्यापार हुँला त? जे भए पनि मैले निर्वाह गरेको भँपतिको रोलबाट दर्शकले मनोरञ्जनसँगै जग्गा दलालीको फन्दाबाट कसरी बच्ने भन्नेबारे पनि जानकारी लिन सकिन्छ।’ –रवीन्द्रले भने।
सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीद्वारा निर्मित फिल्म पँर्णेन्दु झाले निर्देशन गरेका छन् भने परिकल्पना, कथा र संगीत शम्भुजित बासकोटाको रहेको छ। पँर्णेन्दुको काम आफँलाई निकै मन परेको र समग्रमा चौका दाउ एउटा हास्यप्रधानसँगै रमाइलो फिल्म बनेको रवीन्द्रले बताए। चौका दाउका लागि आफँले छक्का पञ्जा ३ खेल्न नभ्याएको उनले बताए।











प्रतिक्रिया