अस्ट्रेलियाको विग ब्यास लिगः दोस्रो खेलमा पनि सन्दीपको दमदार प्रदर्शन जारी, लिए ३ विकेट



एजेन्सी,
अस्ट्रेलियाको विग ब्यास लिगमा सानदार डेब्यू गरेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आज पनि आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। डेब्यूका बेलामा १ ओभरमै २ वीकेट लीन सफल भएका उनले आज पनि तीन विकेट लिइसकेका छन्। पहिलो ओभरमै विकेट लिन सफल भएका उनले त्यसपछि २ विकेट लिएका हुन्।

मेलबर्न स्टार्सका लागि पावर प्ले पछिको पहिलो ओभरको तेस्रो बलमा लामिछानेले विकेट लिन सफल भएका हुन्। सन्दिपले सातौ ओभरमा ५ रन खर्चिएर १ विकेट लिएका हुन्। यस्तो आफ्नो दोस्रो ओभरमा सन्दीपले एक चौकासहित ७ रन खर्चिए।

यस्तै आफ्नो व्यक्तिगत तेस्रो ओभर लिएर आएका लामिछानेले १४औं ओभरको दोस्रो बलमा कप्तान म्याथ्यु वाडको विकेट लिए। ५३ रन बनाएर खेलिरहेका म्याथुलाई क्याच आउट गराए। उनले यो ओभरमा एक छक्कासहित ८ रन खर्चिए।

लामिछानेको टोली मेलबर्न स्टार्सले होबार्ट हुरिकेन्ससामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको मेलबर्नले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोडेको हो।

उनले खेलेको पहिलो खेलमानै कल्बले नै जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्