सप्तरीको हनुमाननगरदेखि भारतको कलकत्तासम्म पानीजहाज चलाउने सरकारको तयारी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस १६ गते पानीजहाज चढेर कलकत्ता जान सकिने बताएका छन् । त्यसका लागि तिव्र गतिमा काम भइरहेको उनको भनाई छ ।

नेपालको पानीजहाजलाई कलकत्तामा स्वागत गरिने उनले बताए । सप्तरीको हनुमाननगरदेखि भारतको कलकत्तासम्म पानीजहाज चलाउने सरकारको तयारी रहेको प्रधानमन्त्रीले खुलाएका छन् । हिजो विरोध गर्नेको स्वर रेकर्डेड रहेको भन्दै उनले कागजका डुंगा चलाउनेले त्यसपछि के गर्छन् भन्ने प्रश्न गरे ।

जननेता मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले रेल आउनबाट कसैले रोक्न नसक्ने भन्दै विमानस्थल, बाटाघाटालगायत सबै पूर्वाधार अपडेट गरिने बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।