नाईं मलाई था छैनलाई ३ करोड भ्युज



नेपाली गीतसंगीतले हाल युट्युबमा राम्रो भ्युज पाउन थालेको छ। गायकगायिका सञ्जीव पराजुली र टीका प्रसाईंले गाएको नाइ“ मलाई थाहा छैन बोलको गीतले ३ करोड ३ लाख भ्युज पाउन सफल भएको छ।

हालै राजधानीमा सम्पन्न हिट्स एफएम म्युजिक अवार्ड २०७५ मा सर्वोत्कृष्ट युगल गायनको अवार्ड जित्न सफल यस गीतमा रचना एकनारायण भण्डारी र संगीत आशिष अविरलको रहेको छ। गायक सञ्जीवको युट्युब च्यानलबाट सार्वजनिक यस गीतलाई अहिलेसम्म ३ करोड ३ लाख बढी पटक हेरिसकिएको छ।

नेपाली गीतसंगीत क्षेत्रको इतिहासमा कुनै नन फिल्मी गीतले लामो समयसम्म अर्थात् करिब डेढ वर्ष सबैभन्दा बढी युट्युब भ्युज पाउन सफल भएको यो पहिलोपटक हो। ओरिजिनल र क्लब मिक्स गरी २ भर्सनमा सार्वजनिक यस गीतको ओरिजनल भर्सनमा अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता सम्पन्न भएको थियो। प्रतियोगिताका लागि ४० भिडियो छनोट भएकामा विजयी एक भिडियोलाई १ लाख रुपिया“ र दोस्रो हुने भिडियोलाई २५ हजार रुपिया“ नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।

यस गीतकी गायिका टीका प्रसाईंलाई पछिल्लो समयमा सफलतै सफलता मिल्दै आएको छ। उनले यसै वर्ष आयोजित कालिका अवार्डमा यही गीतबाट सर्वोत्कृष्ट पप गायिकाको अवार्ड चुमेकी थिइन् भने म्युजिक भिडियो अवार्डमा यसका गायक पराजुली सर्वोत्कृष्ट गायक भएका थिए। टीकाले यसै वर्ष सम्पन्न इमेज अवार्डमा अर्को गीत माया लुकी लुकीबाट अवार्ड उचालेकी थिइन्। उनको यो गीत पछिल्लो समय चर्चाको शिखरमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्