साइपाल, न्यु भिजन र हिमालयलाई उपाधि



काठमाडौं, (नेस)
साइपाल एकेडेमी, न्यु भिजन र आयोजक हिमालयले प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । कोटेश्वरस्थित आयोजक हिमालयको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा साइपालले सीसीआरसीलाई ६०–५४ ले पराजित ग¥यो । टोलीको जितमा सुशान्त ओलीले १७ अंक योगदान गरे । सिनियर गल्र्सको उपाधि भिडन्तमा न्यु भिजनले स्किब्सलाई ३०–२५ ले हरायो ।

यस्तै जुनियर ब्वाइजतर्फको फाइनलमा हिमालयले नवज्योतिमाथि ४१–२१ को जित दर्ता ग¥यो । हिमालयका रुबन कार्कीले २३ अंक जोडे ।
सिनियर ब्वाइजमा साइपालका सागर लामा, सिनियर गल्र्समा न्यु भिजनकी प्रिया तिमल्सिना र जुनियर ब्वाइजमा हिमालयका रुबन कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । मंसिर १६ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्