जयबाबा ईट्टाभट्टामा गोली प्रहार: फिराको निधन (अपडेट)



सुनसरी । सोनापुरस्थित जयबाबा ईट्टाभट्टामा अज्ञात समूहको गाेली प्रहारबाट घाइते फिरा हुसेन मृत्यु भएको छ ।

इट्टाभट्टाका म्यानेजर हुुसेनलार्इ मर्निङवाक गएको बेला गोली लागेको हो । छातीमा गोली लागेर घाइते भएकी हुसेनको अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।

गोली कसले र किन चलाएको भन्ने एकिन हुन सकेको छैन् । घटना स्थलमा अहिले व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ । गोली प्रहार गर्ने समूहको खोजी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्