प्रदेश सांसद दुलालमाथि आक्रमण



नेपाल समाचारपत्र, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश सांसद गणेश प्रसाद दुलालले आफुमाथि आज बिहान ११ः४० बजे आक्रमण भएको बताउनुभएको छ ।

पूर्व मन्त्री केशव स्थापीतलाई भेटेर फर्कने क्रममा आँफुमाथि आक्रमण भएको उहाँले बताउनुभयो । चावहील मांहकालको पानी टेन्की अगाडी रातो मोटरसाईकलमा आएका अज्ञात व्यक्तीले आँफु सवार बा १९ च ४९८ नम्बरको गाडीमा ढुंगा प्रहार गरेको बताउनुभयो ।

ढुंगा प्रहारबाट गाडी अगाडीको सीसा फुटेको छ । सांसद दुलालले आफुमाथि सुनियाेजित ढंगले आक्रमण भएको बताउनुभयो । सांसद दुलालसँगै काठमाडौ क्षेत्र नम्बर सात प्रदेश सांसद प्रकाश श्रेष्ठ आफ्नै गाडीमा अगाडी हुनुहुन्थ्यो । दुलाल काठमाडौं क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित सांसद हुनुहुन्छ । दुलालले स्थानीय प्रहरी कार्यालयमा यस विषयमा जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्