खाचानोभसँग जोकोभिच स्तब्ध

0
Shares

पेरिस, (एजेन्सी)
रुसका करेन खाचानोभले सानदार प्रदर्शन गर्दै पेरिस मास्टर्स टेनिस प्रतियोगिताको उपाधि जितेका छन्।

खाचानोभले आइतबार राति पेरिसमा भएको फाइनल खेलमा विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचलाई हराएर उपाधि जितेका हुन्। सर्भियाली खेलाडीले सेमिफाइनलमा रोजर फेडेररविरुद्ध जित हात पारेपछि पाँचौंपटक यस उपाधि जित्ने पक्का भएको थियो।

तर, खाचानोभले अपत्यारिलो खेल देखाउँदै जोकोभिचलाई १ घन्टा ३७ मिनेटमा ७–५, ६–४ को सीधा सेटले स्तब्ध तुल्याए। २२ वर्षीय विजेताको यो करियरकै पहिलो एटीपी मास्टर्स १००० उपाधि हो। उनी सोमबार जारी गरेको विश्व वरीयतामा ७ स्थान छलाङ मार्दै ११औं स्थानमा उक्लेका छन्।

यसै गरी हारका बाबजुद जोकोभिच ८०४५ अंकसहित पहिलो स्थानमा रहेका छन्। स्पेनका राफाल नाडाल दोस्रो स्थानमा रहे। उनको साथमा ७४८० अंक छ। नाडालले सो प्रतियोगिता खेलेका थिएनन्।

Skip This