ठूलालाई चैन



धरहरा कसैप्रति आग्रह पूर्वाग्रह राख्न चाहन्न । तर के गर्नु केही व्यक्ति र उनको कार्यशैली यस्तो हुन्छ चासो नराखी नहुने । उद्घाटन, शिल्यान्यासमा निकै रम्ने÷रमाउने पर्यटन मन्त्री अधिकारी बुधवार टुप्लुक्क जुम्लामा देखिए ।

उनी त्यहाँ पनि उद्घाटन कार्यक्रमकै अतिथि बन्या रैछन्, अनि बौद्ध समुदायको पहलमा निर्माण भएको शान्ति स्तुपाको उद्घाटन गरे । त्यति मात्रै हो र, अधिकारीले दर्जनौ योजना सुनाउन भ्याइ हाले । उनले राराको बृहत पर्यटकीय विकास, सिंजा सभ्यताको संग्राहलय निर्माण र विविध पर्यटकीय प्याकेजबारे बेली विस्तार लगाए ।

कर्णालीलाई पर्यटनको हब बनाउन जुम्ला विमानस्थलमा ४० सिट क्षमताका विमान आवश्यक भएको अधिकारीले बताउँदै गर्दा धेरैले कानेखुशी गर्न भ्याए,–‘हैन मन्त्री त निकै गज्जबका रैछन्, उनी पाइलट र हवाई इन्जिनियर पनि हुन् कि क्या हो ।’ निधक्क अधिकारीले दोहो¥याए–‘जुम्लामा अब ४० सिटका प्लेन ल्यान्ड हुन्छन् ।’ उनको यस्तो दावी सुनेपछि कानेखुशी गर्नेहरु निकै थपिए ।

गत सातादेखि जुम्ला विमानस्थल स्तरउन्नती गर्न भन्दै बन्द गरिएको छ । तर कम्रेड अधिकारी निधक्क एक निजी कम्पनीको विमान सहित विमानस्थलमा ल्यान्ड भएको देख्दा बहुसंख्यक जुम्लेलीले भने–‘हेर न ठूलालाई चैन सानालाई ऐन ।’

प्रतिक्रिया दिनुहोस्