हाइव्रिड तर्क



कञ्चरपुरकी निर्मला पन्तको हत्या अनुसन्धानका क्रममा अझै डीएन परीक्षण अनि खैं के–केको नमूना संकलन गर्ने रे । डीएनए परीक्षणका लागि मंगलबार फेरी ४ जनाको नमूना संकलन गरी अनुसन्धानका लागि काठमाडौं पठाइएको धरहराले सुन्यो ।

लामो समयको अनुसन्धान र निगरानीपछि शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको र अझै दर्जनौ व्यक्तिको नमूना संकलन हुन सक्ने प्रहरीको भनाई छ । यसअघि पनि ५ जनाको डीएनए परीक्षण गर्दा नमूना नमिलेको चर्चा अभैm सेलाएको छैन । पन्त हत्याको प्रमाण नस्ट गर्न गरिएको प्रयासको भिडियो भाइरल नभएको भए अनुसन्धानको रिपोर्ट कस्तो बन्थ्यो होला, यो आम नेपालीको प्रश्न बनेको छ ।

अन्य घटनामा तत्कालै अपराधी पत्ता लगाएर चर्चा कमाउने प्रहरी यो मामलामा निकै लुरुक्क प¥या छ । अनि चरणबद्ध डीएनए र अन्य खैं के के परीक्षण गर्न जुट्या छ । प्रहरीको शैंली देख्दा यो वर्षैभरी अनेकथरी परीक्षण हुने निधो छ । अनि सरकार र प्रहरी मो मामिलामा कमजोर भयो भनेर कुरा गर्न पनि नमिल्ने रे, सत्ता निकटका हाइव्रिड कम्रेडहरु यसबारेमा निकै आपत्ति जनाउन थाल्या छन् ।

‘सँधै यही विषय जोड्दै सरकारको आलोचना गर्नुपर्छ, गफ गर्न अरु कुनै विषय नै छैनन् ? यो सरासर सरकार कमजोर बनाउने खेल हो’–हाम्रा हाइव्रिड कम्रेडहरुले यस्तै तर्क गर्न थाल्या देख्दा धरहरा निकै छक्क प¥या छ ।

प्रतिक्रिया दिनुहोस्