पूर्व न्यायाधिशको नाममा २२ सय कार भेटिएपछि हङ्गामा


काठमाडौं । पाकिस्तानका एक पूर्व न्यायाधीश सिकन्दर हयातलाई आफ्नो नाममा २२ सय कार दर्ता भएको खुलासा भएपछि हङ्गामा मच्चिएको छ ।

हयातका वकिल मियाँ जफरले पाकिस्तानको सर्वोच्च अदालतलाई आफ्नो पक्षले एउटा मात्र कार किनेको बताए ।

पाकिस्तानी पत्रिका डनले छापेको खबरअनुुसार, वकिलले मियाँ जफरले भने, ‘मेरो पक्षको नाममा २२ सय २४ वटा कार दर्ता गरिएका छन् । केही दिनअघि मेरा पक्षले कारको एउटा पुर्जी भेटे । त्यो कार उनले किनेका पनि थिएनन् ।’

पञ्जाब एक्साइज एन्ड एक्सटेन्सन डिपार्टमेन्टले यसबारेमा जानकारी दिएपछि हयात २२ सय २४ गाडीको मालिक भएको पत्ता लाग्यो ।

पाकिस्तानको सर्वोच्च अदालतले पञ्जाब एक्साइज डिपार्टमेन्टका सचिव र निर्देशकलाई यस विषयमा एक रिपोर्ट दर्ता गर्न निर्देशन दिएको छ । अदालतले एक हप्ताभित्र यो रिपोर्ट दिन भनेको छ । पाकिस्तानमा यतिखेर बेनामी सम्पत्तिको विवाद चर्किएको छ । एजेन्सी

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।