चीन र रुसले ट्रम्पको फोनवार्ता सुन्छन् ः गुप्तचर एजेन्सी

0
Shares

वासिङ्टन, (एजेन्सी)
अमेरिकाको गुप्तचर एजेन्सीले राष्ट्रपति डोनाल्ड ट्रम्पको फोनकलका सम्बन्धमा सनसनीपूर्ण जानकारी सार्वजनिक गरेको छ।

ती एजेन्सीले ट्रम्पको फोनमा हुने वार्ता चीन र रुसले सुन्ने गरेको दावी गरेको बताएका छन्। देशका बहालवाला र पूर्वअधिकारीहरूको नाम उल्लेख नगरी न्युयोर्क टाइम्सले यो तथ्यको दाबी गरिएको हो। चीनका जासुस प्रायः फोनमा हुने वार्ताहरू सुन्छन् र यसको प्रयोग ट्रम्पको कार्यशैली राम्ररी बुझ्न र प्रशासनका नीतिहरूलाई प्रभावित पार्न गर्छन्, एजेन्सीहरूले बताएका छन्।

ट्रम्पले आफ्ना साथीहरूसँगको वार्तामा आइफोनको प्रयोग गर्ने गरेको समाचारमा जनाइएको छ।

अधिकारीहरूले पटक–पटक आग्रह गर्दा पनि ट्रम्पले आइफोनको प्रयोग बन्द गरेको छैन। अमेरिकी एजेन्सीहरूले राष्ट्रपतिसँग कयौंंपटक धेरै सुरक्षित ल्यान्डलाइन फोन प्रयोग गर्न भनेको समाचारले जनाएको छ। चीन र रुसले अन्य देशका सरकारमा आफ्ना स्रोतका माध्यमबाट राष्ट्रपतिको फोनमा हुने वार्ता सुन्ने गरेको अमेरिकी गुप्तचर एजेन्सीहरूलाई थाहा भएको बताइएको छ।

योबाहेक रुस र चीनका गुप्तचरहरूले विदेशी अधिकारीहरूबीच हुने गरेका वार्ता पनि सुन्ने गरेको उनीहरूले बताएका छन्। वाइट हाउसले उक्त समाचारका विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

Skip This