जवरजस्ती करणी उद्योगमा प्रहरीद्धारा एक जना पक्राउ



यमलाल भुसाल, बुटवल ।
प्रदेश ५ को राजधानी रहेको जिल्ला रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० मा जवरजस्ती करणीको उद्योगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आईतवार राती १० वजेको समयमा २६ वर्षीय एक महिलालाई जवरजस्ती करणीको उद्योग गर्न खोज्दा महिलाले हो हल्ला गरे पछि भागेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
देवदह नगरपालिका १० वस्ने वर्ष २८ को सुजन दमाईले आफनो घर देखि करीव ५ सय मिटरको दुरीमा रहेकी एक छिमेकी महिलालाई जवरजस्ती करणीको प्रयास गरेको प्रहरीले बताएको छ ।
मदीरा सेवन गरी ती महिलाको घरमा ढोका फोडी भित्र गएर जवरजस्ती करणीको प्रयाश गरेको र महिलाले हल्ला गरे पछि भागेको दमाईलाई प्रहरीले ३ घण्टा पछि प्रक्राउ गरेको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरिक्षक होम बहादुर केसीले बताउनु भयो ।
महिलाका श्रीमान बुटवलमा रोजगारी गरी वस्ने, आमा वुबा लाटा लाटी रहेको ५ वर्षको वच्चा सुतेको अवस्थामा जवरजस्ती करणीको उद्योग गरेको प्रहरीले जनाएको छ । देवदहको खैरेनीमा रहेको प्रहरी चौकीका प्रमुख टोप बहादुर रानाको टोलीले जवरजस्ती करणीको अभियोगमा दमाईलाई पक्राउ गरेको हो ।
महिलाले दिएको उजुरीका आधारमा प्रहरीले थप अनुसन्धान अगाडी बढाउने प्रहरी निरिक्षक केसीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्