विमान ठोक्कियो

0
Shares

मोगादिसु, (एजेन्सी)
सोमालियामा शनिबार भएको दुईओटा शक्तिशाली आत्मघाती बम विस्फोटनमा कम्तीमा १४ मानिसको मृत्यु भएको तथा अन्य २० जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन्। सोमालियाको दक्षिणपश्चिमी क्षेत्रमा अज्ञात दुई व्यक्तिले बाय क्षेत्रको बाइडोय शहरको विलान होटल र बद्री रेस्टुरेन्टलाई लक्षित गरी छुट्टाछुट्टै आत्मघाती आक्रमण गरेका थिए। प्रमुख प्रहरी अधिकारी अब्दी मोहमद अलीले मृत्यु भएका अधिकांश सर्वसाधारण नागरिक रहेको अनाडोलु समाचार संस्थालाई बताएका छन्। लडाकू समूह अल शबाबले अन्डालुस रेडियोमार्फत आक्रमणको जिम्मेवारी लिएको बुझिएकोे छ।

Skip This