हिन्दूप्रति न्याय

0
Shares

इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका प्रधानन्यायाधीश साकिब निसारले हिन्दूहरूको सम्पत्तिमाथि कथित अतिक्रमणलाई लिएर अधिकारीहरूलाई सचेत गराएका छन्। एक महिला प्रोफेसरले देशमा अल्पसंख्यक समुदाय नराम्रो अराजकता र कुव्यवस्थापनको सामना गर्न बाध्य भइरहेकोमा उनीसँग अपिल गरेकी थिइन्। प्रधानन्यायाधीश निसारले सेवानिवृत्त प्रोफेसर भगवान देवीको भिडियो सन्देश हेरेपछि केन्द्रीय तथा सिन्ध प्रान्तका अधिकारीहरूलाई सूचना जारी गरेको जनाइएको छ। देवीको याचिकामा विचार गर्ने फैसला गर्दै अक्टोबर १८मा सुनुवाइ हुने न्यायाधीश निसारको कार्यालयले जनाएको छ।

Skip This