पार्टीभित्रको विवादको व्यवस्थापन हामी आँफै गर्छौः भट्टराई

0
Shares

राजबिन थापा, जापान ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रखर वक्ता योगेश भट्टराईले पार्टी भित्रको आन्तरिक विबादको समाधान पार्टी भित्रैबाट गर्न सक्ने बताउनु भएको छ ।

शनिवार जापानको नागोयामा प्रवासी नेपाली मंच चुबुले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भट्टराईले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै नेता भट्टराईले पार्टी भनेको बौद्धिक व्यक्तिहरूको जमात भएकोले नेकपाभित्रको आन्तरिक मतभेद कुनै विदेशीले आएर मिलाउने हैन हामी आफै मिलाउछौ सोहि प्रसंगमा नेता भट्टराईले पार्टीभित्र सवैको अस्तित्व स्विकार्नु पर्ने धारणा समेत ब्यक्त गर्नु भयो । जापानी एक कम्पनीको निमन्त्रणा जापान आउनु भएका युवा नेता, सांसद योगेश भट्टराईको प्रमुख आतिथ्यतामा,भएको अन्तरक्रिया कार्यक्रमा विशेष अतिथि ओएनएफ जापानका कार्यबहाक अध्यक्ष सिद्धार्थ श्रेष्ठ, जनप्रगतीशिल मंचका प्रतिनिधी मोहन खत्री , ओएनएफ सल्लाहकार सरोज कडेल, लोकनाथ वस्ती,एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भन्डारी , अतिथिहरू एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेत ,ओएनएफ जापानका नेताहरू राजेन्द्र श्रेष्ठ, पशुपती गिरी,महेन्द्र अधिकारी,शंकर रिमाल,कृष्ण खनाल,तुल्सी पाठक,भिम रायमाझी,महेश खड्का, जयराम पौडेल,अमृत गुरूङ लगाएत व्यक्तिहरूको उपस्थित रहेको थियो ।

Skip This