रोहिंग्या मुस्लिममाथि भएको अत्याचारमा म्यान्मार सेनाको हात छ: प्रतिवेदन

0
Shares

न्युयोर्क (एजेन्सी)
म्यान्मारमा रोहिंग्या मुसलमानमाथि भएको अत्याचारका सम्बन्धमा अमेरिकाले आफनो एक प्रतिवेदनमा त्यहाका सेनामाथि गम्भिर आरोप लगाएको छ ।

म्यान्मारमा हत्या तथा बलात्कार सहित रोहिंग्या मुसलमा विरुद्ध म्यानमार सेनाका तर्फबाट भएका हिँसा सुनियोजित भएको सम्बन्धमा आफुले प्रमाण फेला पारेको अमेरिकाले जनाएको छ । म्यान्मारको उक्त मुद्दामा संयुक्र राष्टमा एक बैठकका क्रममा रोहिंग्या सरणार्थीका लागि अमेरिकाको तर्फबाट १८ करोड ५० लाख अमेरिकी डलरको नयाँ कोष घोषणा गरे लगत्तै विदेश मन्त्रालयले उक्त प्रतिवेदन जारी गरेको हो ।

विदेश मन्त्रालयको उक्त अध्ययन अप्रिलमा १ हजार २४ जना रोहिंग्या वयस्कसँगको साक्षात्कारमा आधारित छ । उनीहरु हिँसापछि छिमेकी देश बंगलादेशमा सरण लिएका थिए ।

उक्त प्रतिवेदनमा मानवअधिकार समुहका रिपोर्टमा उल्लेख भएका जस्तै घटनाको उल्लेख गरिएका छन् । यसमा घटनाको विवरणलाई निष्पक्ष तथा संयमित तरिकाले राखिएको बताइएको छ । प्रतिवेदनमा रोहिंग्याको सामुहिक हत्याका विवरण दिने क्रममा जाति संहार तथा नस्लिय सफाया जस्ता शब्दको प्रयोग गरिएको छैन ।

रोहिंग्या म्यान्मारको रखाइन प्रान्तमा केन्द्रित रहेका मुस्लिम समुह हो । त्यहाँका बहुसंख्यक बौद्ध समुदाय उनीहरुको उपेक्षा गर्छन । उनीहरुलाई नागरिक मान्दैनन् । विदेश मन्त्रालयका ब्युरो अफ इन्टेलिजेन्स एन्ड रिसर्चको उक्त प्रतिवेदनमा भनिएको छ, सर्वेक्षणबाट उत्तरी रखाइन प्रान्मा भएको हालैको हिंसा अत्यन्तै ब्यापक रुपमा भएको पत्ता लागेको छ । यो रोहिंग्या आवादीलाई आतंकित पार्ने र रोहिंग्या बासिन्दालाई बाहिर निकाल्ने मनसायले गरिएको प्रतित हुन्छ ।

सैन्य कारवाहीको स्तर तथा उद्देश्यले त्यो सुनियोजित र समन्वयात्मक भएको देखिएको अमेरिकी प्रतिवेदनमा उल्लेख गरिएको छ । हिँसा गर्नेहरुले ठुलो परिमाणमा मानिसहरु हताहत होस भन्ने मनसायले चाल चलेको देखिन्छ । स्थानियलाई जलाउने उद्देस्यले घर बन्द गरिदिएको , भाग्न खोज्ने सयौं रोहिंग्याले भरिएका डुंगामा गोली चलाउनु अगाडी पुरै गाउँमा आगजनी गरेको उदाहरण प्रतिवेदनमा उल्लेख छ ।

८२ प्रतिशत शाक्षात्कारले आफनै आँखाले ती हत्या देखेका थिए भने ५१ प्रशिशतले यौन हिँसाका प्रत्यक्षदर्शी भएको स्विकारेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरि ८८ प्रतिशत मामिलामा प्रत्यक्षदर्शीहरुले ती अत्याचारको पछाडी सेनाको हात भएको बताए ।

 

Skip This