ठग पक्राउ



रियो दि जेनेरो, (एजेन्सी)
संयुक्त राज्य अमेरिकाले लेबनानी लडाकू समूह हेज्वुल्लाह सञ्चालनका लागि आर्थिक सहयोग गर्नेमध्ये प्रमुख व्यक्ति रहेको बताइएका १ पुरुषलाई शनिबार ब्राजिलमा प्रहरीले पक्राउ गरेको छ। असाद अहमद बाराकात नामक ती व्यक्तिलाई पाराग्वे र अर्जेन्टिनाबीचको सीमा क्षेत्रबाट गिरफ्तार गरिएको थियो। चोरीको अभियोगमा उनको पाराग्वेमा पनि व्यापक खोजी हुँदै थियो। त्यहाँ उनले कर छलेको अभियोगमा ६ वर्ष कारावास भोगिसकेका छन्। अर्जेन्टिनाका प्रहरीले पनि उनलाई इगुजु फल्स क्षेत्रको क्यासिनोमा १ करोड डलर ठगेको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्