पत्रकारको हत्या



मेक्सिकोसिटी, (एजेन्सी)
अज्ञात बन्दुकधारीको आक्रमणमा गोली लागेर मेक्सिकोमा थप १ पत्रकारको शुक्रबार ज्यान गएको छ। यो घटनासँगै यस वर्ष मात्रै मेक्सिकोमा हत्या हुने पत्रकारहरूको संख्या ९ पुगेको छ। मेक्सिकोको दक्षिणी राज्य चियापासमा रहेको आफ्नै घरमा मारियो गोमेज नामक पत्रकारको हत्या भएको उनी कार्यरत अखबार एल हेराल्डो डे चियापासले जनाएको छ। नाम उल्लेख नगर्ने सर्तमा उनका १ सहकर्मीले हालै मात्र उनलाई अज्ञात व्यक्तिहरूले ज्यान मार्ने धम्की दिएको बताएका छन्। ३५ वर्षीय गोमेजलाई अस्पतालमा पु¥याइँदा मृत घोषित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्