विविषा पर्वत स्टार

0
Shares

पर्वत स्टार–२०७५ को उपाधि विविषा पाण्डेले चुमेकी छन्। राजधानीको राष्ट्रिय नाचघर जमलमा भएको अन्तिम प्रतिस्पर्धामा पर्वत बिहादी गाउँपालिका वाहाकी–९, हाल स्याङ्जा वालिङकी विविषा पाण्डे उपाधि चुम्न सफल भएकी हुन्।

सोनी फिल्मस् प्रालिको आयोजनामा भएको पर्वत स्टार–२०७५ खुला नृत्य प्रतियोगितामा सेकेन्ड रनर्सअपको उपाधि पर्वत फलेवासकी स्मृति चापागाईंले चुुम्न सफल भइन् भने तेस्रो स्थान बिहादी गाउँपालिका रानीपानीकी सृष्टि सुनवार र सान्त्वना पुरस्कार स्याङ्जा गल्याङकी लोचन आलेले हात पारिन्। प्रतियोगिताको टपटेन विजेतामा मुनाल परियार, रेजिना थापा, अस्मिता रनपाल, आर्मित्मा सारुमगर, लिजा थापा र सुजिना थापा रहेका थिए। प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार नगद प्रदान गरिएको छ भने सोनी फिल्मस्बाट निर्माण हुने फिल्मका लागि अनुबन्धन पनि गरिएको छ। १८ जिल्लाबाट १ सय ५० जनाले सहभागिता जनाएको प्रतियोगिताको निर्णायकमा राम गौतम, प्रेम शर्मा पौडेल, लवसन गुरुङ र एकेन्द्र सारा शंकर रहेका थिए।