अझै अध्यरो झेल्दै बाजुराका ३ हजार परिवार



दयाराम पण्डित, बाजुरा ।
बाजुराको जगन्नाथ गाउपालिका स्थित जुड्डी खोला लघु जलविद्युत आयोजनाको नहर भत्कीए पछि दुईवटा स्थानिय तहका बासीन्दा विगत नौ दिन देखि अध्यरोमा बस्न वाध्य भएका छन । अघिल्लो साताको अविरल बर्षाले २०० किलोवाट क्षमताको उक्त आयोजनाको ६० मिटर नहर भत्कीए पछि अहिले जगन्नाथ र स्वामीकार्तिक गाउँपालिका गरी ३ हजार बढी उपभोक्ता अध्यरोमा वस्न वाध्य भएका हुन ।

डेढ साता यता विद्युत अवरुद्ध भए पछि उज्यालोका साथै दैनिक कामकाज समेत प्रभावित भएको स्वामीकार्तिक चारका स्थानिय मैना जोशीले बताउनु भएको छ । विद्युत अवरुद्ध भए पछि कुटानी पिसानी गर्न समेत समस्या भै रहेको उहाँले बताउनु भयो । विद्युत सेवा अवरुद्ध भएपछि दुईवटा स्थानिय तहको दैनिक कामकाज समेत प्रभावित भएको अधिकारीले जनाएका छन ।

जुड्डी खोला लघु जलविद्युत आयोजनाका प्रवन्धक प्रेम रोकायाले विगत ९ दिन देखि उक्त नहर मर्मतको काम भएको र करिव १५ गते सम्म समय लाग्न सक्ने बताउनु भएको छ । १५ गते काम सकिएको खण्डमा २० गते सम्मबाट बत्ति सुचारु हुने रोकायाले बताउनु यभो । यता कोल्टी स्थित बड्डीगाड खोला लघुजलविद्युत आयोजनाको नहर समेत भत्कीदा एक साता यता कोल्टी बजार क्षेत्र अध्यरो बनेको छ । नहर भत्केपछि अहिले कोल्टी क्षेत्रका १३ सय बढी उपभोक्ता मारमा परेका छन । लामो समय देखि विद्युत सेवा नियमित नभए पछि कोल्टी क्षेत्रका उपभोक्ताले आक्रोस समेत ब्यक्त गरेका छन ।

माटो परिक्षण नगरी जथाभावी नहर तथा बाटो खन्दा सडक खण्ड र विद्युत नहर निर्माण गरेका अधिकांश ठाउमा पहिरो गएको छ , पहिरोका कारण त्रिबेणी नगरपालिकाको द्धारीमा पहिरोजांदा वडिमालिका नगरपालिका मनाका तिन सय वढी परिवार आवागमन गर्न अप्ठेरो भएको वडा अध्यक्ष बलवहादुर थापाले बताउनु भयो ।

दरमुकाम मार्तडी जोडेन सांफे मार्तडी सडक खण्डका दर्जनौं सडक खण्डमा पहिरोजांदा एक महिना देखि सांफे मार्तडी सडक अवरुद्ध छ । पहिरोर्क कारण सयौ परिवार घरवाट विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्