नेपाल समाचारपत्र, काठमाडौं
महिलाहरुलाई लक्षित गरी संचालित स्तन तथा पाठेघर श्राव परीक्षण शिविर सम्पन्न भएको छ । दक्षिणकाली नगरपालिका–६, फर्पिङ स्थित वडा कार्यालय परिषरमा संचालित एक दिने स्वास्थ्य परिक्षण शिविर शनिबार सम्पन्न भएको हो ।
शिविरमा बरिष्ठ बालरोग बिशेषज्ञ डाक्टर रमेश मल्ल र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्दिका डाक्टर अनु बज्रचार्यको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो । महिलाहरुका लागि स्तन तथा पाठेघर श्राबको परिक्षण तथा बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको नेपाल अर्बुद रोग निवारण संस्था, काठमाडौं जिल्ला शाखाका सभापति अजयसिंह सुवालले बताउनुभयो ।
उहाँँका अनुसार करिब १ सय ५० बढी जना महिला र ३७ जना बालबालिकाहरुको स्वास्थ्य परिक्षण र निःशुल्क औषधि वितरण गरिएको छ । शिविर दक्षिणकाली महिला सञ्जाल, नेपाल अर्बुद रोग निवारण संस्था, काठमाडौं जिल्ला शाखा, नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रालि, रोटरी क्लब अफ बाग्मती, तथा इनरहिल क्लब अफ बाग्मतीको संयुक्त आयोजनामा भएको हो ।
शिविरमा दक्षिणकाली नगरपालिकाकी उपमेयर बसन्ती तामाङ (डंगोल) को प्रमुख अतिथ्यतामा भएको स्वास्थ्य परिक्षण कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था, काठमाडौं जिल्ला शाखाका सभापति अजयसिंह सुवाल, रोटरी क्लब अफ बाग्मतीका प्रतिनिधि अखिल चापागाईँ, इनरहिल क्लब अफ बाग्मतीका प्रतिनिधि ज्ञानु चापागाईँको उपस्थिति थियो ।











प्रतिक्रिया