नेपाल समाचारपत्र, काठमाडौं
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमीला खनालको प्रमुख आतिथ्यमा नेपाल प्रहरी श्रीमती संघको ३४औं वार्षिक साधारणसभा भृकुटीमण्डपस्थित संघको कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ ।
उक्त अवसरमा संघकी अध्यक्ष खनालले संघ स्थापनादेखि नै समाजसेवाको भावले सेवामुलक, परोपकारी एवं मानवीय कल्याणका कार्यक्रममा सक्रिय रहँदै आएको बताउनुभयो । सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा संघले संचालन गरेको गतिविधिमा सबैको सहयोग, समन्वय र कार्यगत एकताले लक्षित उद्देश्य प्राप्त गर्न सफलता मिलेको उहाँले उल्लेख गर्नुभयो ।
सामूहिक कार्यमा संघमा आवद्ध सम्पूर्ण सदस्यहरूबाट सिर्जनात्मक सल्लाह र सुझाबको अपेक्षा राखेको बताउँदै उहाँले आगामी दिनमा समेत नयाँ सेवामूलक कार्यक्रममा प्रभावकारी भूमिकाका साथ अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संघकी प्रशासन सचिव श्रीमती निलु न्यौपानेले बार्षीक गतिविधि प्रस्तुत गर्नुभएको थियो भने संघकी कोषाध्यक्ष श्रीमती ममता राणाले आर्थिक वर्ष २०७४र०७५ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।











प्रतिक्रिया