देउवा दाइको अधिनायकवाद



केपी ओलीको सरकारआएपछि मुलुकमा अधिनायकवादको उदय भएको भन्दै कांग्रेसले देशब्यापीरुपमा अभियान चलाउन देशभरका कार्यकर्तालाई दिएको निर्देशन अहिले नेपाली समाजमा हटकेकको रुपमा प्रस्तुत भएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली अधिनायकबादमा गएको र मुलुकको लोकतन्त्र धरापमा परेको भन्दै अलापेको धरहराबाट नदेखिएको होईन । २८ बर्ष सम्म अस्थिरतामा बाचेका नेपाली जनतापनि जसले जे भन्यो त्यसकै पछि लाग्ने गरेको देखिएको छ । देउवा दाईले अहिलेको सरकार अधिनायकबाद तर्फ उन्मुख भएको भन्दै त्यसलाई अन्त्य गर्न देशभरका कार्यकर्तालाई निर्देशन दिएको धरहराले देखेको र सुनेको छ ।

नेपाली कांग्रेसलाई अहिलेको अवस्थामा ल्याउन श्रीमतीलाई टिकट बितरणको जिम्मेवारी दिएपछि उत्तानो परेका देउवा दाईले डाडु पन्यौ हातमा भएपछि के सम्म गर्दा रहेछन भन्ने भनने उदाहरण गएको माघ २२ गते मन्त्रीपरिषदबाट गराएको एउटा निर्णयले छर्लङग पारेको छ । देउवा दाईले आफ्नो सुरक्षाको मात्र चिन्ता गरेनन उनले छोरा र श्रीमतीलाई समेत राज्यकोषको दोहन गर्ने गरी ब्यक्तिगत सुरक्षाको समेत प्रवन्ध मिलाएपछि उनको सक्कली अनुहार समेत देखिएको छ ।

हैन नेपालमा नेता एउटा बोल्ने अर्को गर्ने किन गर्दछन धरहराले बुझैको छैन । यस्तो तालले कसरी अधिनायकबाधको अन्त्य होला देउवा दाई यसको उत्तरको प्रतिक्षामा धरहरा छ है ।

प्रतिक्रिया दिनुहोस्