बेइजिङस्थित अमेरिकी दूतावासबाहिर विस्फोट, घटनाको विवरण भित्रै लुकाउन खोजियो

0
Shares

एजेन्सी, बेइजिङस्थित अमेरिकी दूतावासबाहिर बिहीबार दिउँसो विस्फोट भएको छ। दूतावासका एक कर्मचारीले विस्फोटको आवाज सुनिएको र धुवाँको मूस्लो देखिए पनि घटनाको विस्तृत विवरण भने हालसम्म बाहिर ल्याइएको छैन ।
विस्फोटपछि धुवाँको मूस्लो देखिएको तस्विरहरू सामाजिक संजालमा भाइरले बनिरहेका छन् । बेइजिङको उत्तरपश्चिममा पर्ने सानलुटिन क्षेत्रमा अमेरिका, नेपाल लगायत सबै दूतावासहरू छन्। विस्फोट भएको क्षेत्रमा प्रहरीहरू देखापरेको बीबीसी अनलाइनले उल्लेख गरेको छ ।

दूतावास नजिकै काम गर्ने एक व्यक्तिले दिउँसो १ः०५ बजे विस्फोट भएको बताएका छन्।अमेरिकी दूतावासले आफ्नो कार्यालय अगाडि विस्फोट भएको पुष्टी गर्दै घटनामा आफ्ना कोही पनि कर्मचारी घाइते नभएको जनाएको छ।

Skip This