लाजिम्पाटमा आगलागी, बिद्युत अवरुद्ध



काठमाडौ । लाजिम्पाटमा विजुलीका तीन वटा पोलमा एकसाथ आगलागी भएको छ । लाजिम्पाट चोक नजिकै तीनवटा पोलमा आगलागी भएको हो । विद्युत् सर्ट भएर आगलागी भएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट पोलमा टाँगिएका तारमा क्षति भएको छ । विद्युत् पोलमा आगो लागेपछि लाजिम्पाट क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्