नेपाल समाचारपत्र, काठमाडौँ ।
नेकपा स्थायी समितिले पार्टी विधान अन्तर्गतको नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय शक्तिशाली कार्यदल तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटीको सुझावका आधारमा नियमावलीलाई अन्तिम रुप दिन कार्यदल गठन गरेको हो । सचिवालय सदस्यत्रय बामदेब गौतम, रामबहादुर थापा र महासचिव बिष्णु पौडेल सदस्य रहेको कार्यदल शनिबारको बैठकले तयार पारेको हो ।
यसअघि पार्टी महासचिव बिष्णु पौडेलको नेतृत्वमा नियमावली निर्माणका लागि नेकपाले ४ सदस्यीय समिति निर्माण गरेको थियो। महासचिव पौडेलको नेतृत्वमा निर्माण गरिएको समितिले पेश गरेको नियमावलीको मस्यौदामाथि २१ असारको स्थायी समिति बैठकमा पनि छलफल भएको थियो।
स्थायी समितिबाट आएका सुझाव समावेश हुने गरी गौतम नेतृत्वमा गठन गरिएको ३ दिनको समय दिइएको छ। कार्यदलले २६ असारमा नियमावलीको मस्यौदा पेश गर्ने बताइएको छ ।











प्रतिक्रिया