देउवाले सरकारलाई आरोप लगाउँदै भनेः चीनबाट रेल ल्याउने विषय ‘सपना’ मात्रै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनबाट रेल ल्याउने कुरा सपना मात्र सिमित रहेको बताएका छन् ।

शनिबार रामेछापको मन्थलीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले उनले चीनबाट रेल ल्याउने विषय ‘सपना’ मात्रै भएको भन्दै आफ्ना सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेर सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप लागाएका छन् ।

राष्ट्रवादका ठूला कुरा गरे पनि प्रधानमन्त्री ओली भारत र चीन दुवैसँग लम्पसार परिरहेको उनको आरोप थियो।

‘राष्ट्रवादका ठूला कुरा गर्ने प्रधानमन्त्री रेलका लागि भनेर भारत र चीन दुवै देशसँग लम्पसार पर्नु भो,’ उनले भने, ‘रेल ल्याउने भन्ने कुरा सपनामात्रै हो, त्यो पूरा हुँदैन। उनले सरकारले विरोध गर्ने ठाउँमा समेत निषेधज्ञा लगाउनु अधिनायकवादको संकेत भएको दावी समेत गरे ।

देउवाले आफ्नो सरकारले गरेका नियुक्ति खारेज गर्ने ओली सरकारको कदम कुनै हातलमा स्वीकार नगर्ने प्रष्ट पारे । उनले अगाडि थपे, ‘सरकार हरेक क्षेत्रलाई नियन्त्रण र कब्जा गर्ने हिसावले उत्रिएको छ, यसको कांग्रेसले कडा प्रतिवाद गर्छ ।’
उनले प्रदेश प्रमुखसँग सपथ खाएकाहरुले उनीहरुको नियुक्तिको वैधानिकता नखोज्न सुझाव समेत दिएका छन् ।