गायिका देवी घर्तीले किन मर्छु भनिन्



काठमाडौ । चर्चित गायिका देवी घर्तीको मर्छु अव त भन्ने लोक गीत बजारमा आएको छ । विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुति रहेको उक्त गीतको संगीतकार अनिल खनालको लय तथा शब्द सिर्जना हिक्मत क्षेत्रीको रहेको छ । उक्त गितको भिडियो बजारमा आएको छ ।

नेपाली मौलिक गीतलाई पस्कन सफल रहेका गायक क्षेत्री र गायिका देवी घर्तीको आवाजमा गीतमा रहेको छ । वियोगान्त गितले सबेलाई रुवाउने खालको छ ।

मायामा पागल भएका मायालु जोडीको प्रेम पछिको विछोडको कठिन परिवेशलाई गीतको भिडियोमा समेटिएको छ। मरुभुमि नारायणले छायाँकन गरेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्