सुरक्षामा हातेमालो



राज्यका हरेक नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराउनु सरकारको जिम्मेवारी हो । सुरक्षा निकाय जबसम्म चुस्त बन्दैन तबसम्म नागरिकले सुरक्षाको महसुस गर्न सक्दैनन् । प्रहरीले मात्रै चाहेर नागरिकको सुरक्षाको ग्यारेन्टी पनि हुन सक्दैन । किनभने सुरक्षित जीवनयापनको लागि नागरिकले पनि सचेतनापूर्ण भूमिका खेल्न जरुरी छ ।

प्रहरीसँग मिलेर जनताले सुरक्षा योजना बनाउन जरुरी देखिन्छ । सुरक्षा योजनाले नागरिकसँग हातेमालो गर्दै समाजमा हुने अपराध, विकृतिजन्य क्रियाकलापमा न्यूनीकरण गर्न सकिने प्रहरीको विश्वास छ ।

बजार तथा गाउंँघरमा हुने विभिन्न आपराधिक क्रियाकलाप, बाटोघाटोको व्यवस्था, शान्ति सुरक्षालगायत समुदायमा भए–गरेका विभिन्न गतिविधिबारे जानकारी लिई शान्ति सुरक्षालाई चुस्त–दुरुस्त गराउनेमा प्रहरी–जनता हातेमालो अभियान हुनु जरुरी छ । समाजमा हुने गरेका महिला हिंसा, बालबालिकाको अवस्था, दुव्र्यसनी आदि क्रियाकलापबारे तथ्यांक संकलन गरी समस्या समाधानतर्फ लाग्ने एवम् जनसमुदायमा चेतना फैलाउने लगायतका कार्यक्रम सञ्चालन गरिनुपर्छ ।

पछिल्लो समय प्रहरीले सञ्चालन गर्न लागेको टोल–टोलमा प्रहरी अभियानमा नागरिक समाजले हातेमालो गर्नुपर्छ । अपराधले समाजलाई विकृतिको बाटोतिर उन्मुख गराउने भएको हुँदा त्यसतर्फ हामीले समयमै विचार पु¥याउनुपर्छ । अपराधरहित समाज निर्माण भए मात्र समृद्विको बाटोतर्फ उन्मुख हुन सकिन्छ । अपराधमुक्त समाज निर्माणको लागि आजैबाट सबैको सहकार्य जरुरी छ ।

नेपालमा प्रहरीसँग जनताको हातेमालो सहकार्य जरुरी छ । देशमा भएका अनेक विकृति निराकरण गर्न प्रहरीसँग सहकार्य हुनु जरुरी छ । नेपालका सबै जिल्लामा हातेमालोका लागि जनतासँग प्रहरीलेसहकार्य गर्न जरुरी छ ।
– रमेश नेपाल, काठमाडौं

प्रतिक्रिया दिनुहोस्