मानव तस्करलाई कारबाही गर



वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै गएको छ । अमेरिका, युरोपियन मुलुक, मलेसियालगायत खाडी मुलुकहरुमा वैदेशिक रोजगारीका लागि भन्दै नेपाली कामदार ठगिँदै आएको खबर सञ्चारमाध्यमहरुमा आउने क्रम जारी छ । ठगीका उजुरी परे पनि छानबिन गरी पीडितलाई न्याय दिलाउने काम भने अत्यन्तै सुस्त गतिमा हुने गरेको छ । जसका कारण शृङ्खलाबद्धरुपमा वैदेशिक रोजगारमा रहेका नेपाली तथा जान चाहने युवालाई विभिन्न प्रलोभन देखाएर ठग्ने गिरोह सक्रिय भइरहेका छन् ।

वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम असुलेर फरार हुने, रकम असुल गरी विदेश नपठाउने, राहदानी नियन्त्रणमा लिएर राख्नेलगायतका अवैध काम गर्नेविरुद्ध उजुरी परे पनि त्यस्ता म्यानपावर कम्पनी तथा एजेन्टविरुद्ध कारबाही भने हुन सकेको छैन । प्रायजसो कामअनुसार तलब नदिने, एउटा काम देखाएर अर्कैमा पठाउने म्यानपावर कम्पनी तथा व्यक्तिविरुद्ध हजारौँ उजुरी पर्ने गरेका छन् । म्यानपावर व्यवसायी वा एजेन्टबाट अवैध काम भइरहे पनि वैदेशिक रोजगार विभागले नगण्यरुपमा कानुनी कारबाही गरेको पाइन्छ । अब तत्काल यस विषयमा ध्यान दिइयोस् ।
– सुरेश माझी, ललितपुर

प्रतिक्रिया दिनुहोस्