गोलकिपरले उपहार स्विकारेनन्

0
Shares

मस्को, (एजेन्सी)
इजिप्टका गोलकिपर मोहमद अल शेनावीले म्यान अफ द म्याच स्वरूप पाउने उपहार लिन अस्विकार गरेका छन्।

समूह ए अन्तर्गत उरुग्वेविरुद्धको पहिलो खेलमा अल शेनावीले एडिसन काभानी र लुइस सुआरेजको प्रहार रोकेका थिए। तर ८९ औं मिनेटमा जोसे गिमीनेजले गोल गरेर इजिप्टको मन टुक्रयाएका थिए।

रक्सीको कम्पनी बडवेसरको प्रायोजनमा रहेकोले सो उपहार लिन उनलाई मुस्लीम धर्मबाट बन्देज लगाएको शेनावीले बताए। मुस्लीम धर्म अुनसार जाँड रक्सीलाई प्रतिबन्ध रहेको उनले बताए। बडवेसर विश्वकप २०१८ को एक प्रायोजक हो।

रुसमा मुस्लिम बाहुल्यताका सात राष्ट्र सहभागि छन्। इजिप्ट, साउदी अरेबिया, मोरोक्को, इरान, ट्युनिसिया, सेनेगल र नाइजेरिया रहेका छन्। त्यस्तै स्टार खेलाडीमा फ्रान्सका पउल पोग्बा, जर्मनीका मेसुट ओजील र इजिप्टकै मोहमद सालह छन्।

Skip This