व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड


 

काठमाडौ । मुलुकको विकास र समृद्धिका लागि व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिइएको छ ।

युवा विद्यार्थी आन्दोलन समितिले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले अबको शिक्षालाई उत्पादनसँग जोडनुपर्ने सुझाउनुभएको छ ।

शिक्षाविद् विद्यानाथ कोइरालाले संविधानको मौलिक हकमा शिक्षा नागरिकको अधिकार भनिएका कारण यसलाई सर्वसुलभ र सबैको पहुँचमा लैजानुपर्ने बताउनुभयो ।

शिक्षा मन्त्रालयका सहसचिव डा हरि अधिकारीले शिक्षा क्षेत्रमा सरकारले ठूलो लगानी गरेको भए पनि त्यसको प्रतिफल आउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

पुनःगठित अखिल ९क्रान्तिकारी० का अध्यक्ष आलोक रायमाझी, विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल, नयाँ शक्ति विद्यार्थी संगठनका अध्यक्ष श्यामबाबु गौतमलगायतले मुलुकको विकास तथा समृद्धिका लागि कस्तो जनशक्ति आवश्यक छ, सोहीअनुसारको पाठ्यक्रमको विकास गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।