माओवादी केन्द्रले आकस्मिक रुपमा बोलायो कार्यालय बिस्तारित बैठक


काठमाडौं । नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको नेकपा माओवादी केन्द्रले आज आकस्मिक रुपमा पार्टी केन्द्रीय कार्यालयको बिस्तारित बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार आजै अपरान्ह ४ः०० बजेका लागि केन्द्रीय कार्यालयको विस्तारित बैठक आह्वान गरिएको हो ।
पार्टी अध्यक्ष निवास खुमलटारमा बोलाइएको बैठकमा पार्टी एकता सम्बन्धमा छलफल हुने जनाइएको छ । आज विहानै प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष प्रचण्डले लामो छलफल गरेपछि पार्टी एकताको लागि बैठक आह्वान गरिएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।