यस्तो रह्यो आजको भोटो जात्रा (फोटो फिचर)



ललितपुर । मच्छिन्द्रनाथको दुई महिना लामो रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाइने भोटो जात्रा आइतबार ललितपुरको जावलाखेलमा देखाइएको छ।

राष्ट्रप्रमुखले भोटो जात्रा हेर्ने परम्परा अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी जावलाखेल मैदान पुगेकी थिइन्। यसका साथै प्रधानमन्त्री केपी शर्मा ओली, ललिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन पनि समारोहमा सहभागी थिए।

मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन देखाउने प्रचलन छ। भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बाजागाजासहित जावलाखेलबाट बुङ्‌मतीको मच्छिन्द्रबहालमा लगेर विराजमान गराइन्छ।

सहकर्मी उजोल डंगोलले खिचेका भोटो जात्रा समारोहका तस्बिरहरु:

प्रतिक्रिया दिनुहोस्